काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समितिमा नयाँ सदस्यहरू मनोनयन गरेको छ।
पार्टीको केन्द्रीय समिति विस्तार गर्ने क्रममा विभिन्न क्षेत्रबाट नेतृत्व प्रदान गरिरहेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको मनिष झाले जानकारी दिएका हुन्।
मनोनीत हुनेहरूमा सुनिल लम्साल, भूपदेव शाह, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, वसुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र चौधरी रहेका छन्।






