काठमाडौं । नेकपा एमालेकी सांसद तथा नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र चलिरहेको पुनर्गठनको बहसमाथि प्रश्न उठाएकी छन् ।
सामाजिक सञ्जालमार्फत झाँक्रीले एक जना अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन नहुने दाबी गरेकी छन् । उनले पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्ध कायम राखेर गरिने परिवर्तनलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेकी हुन् ।
झाँक्रीले लेखेकी छन्, ‘पार्टी पुनर्गठन भनेको आखिर के हो?’
उनले पुनर्गठनको अर्थ ‘एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने’ हो भने त्यसलाई पुनर्गठन भन्न मिल्ने वा नमिल्नेबारे प्रश्न गरेकी छन् ।
उनले जेनजी आन्दोलनअघि भएको एमालेको विधान महाधिवेशनलाई पनि प्रसंगमा जोड्दै आन्तरिक लोकतन्त्रको विषय किन नउठाइएको भन्दै प्रश्न गरेकी छन् ।
‘अझ रोचक कुरा के छ भने जेनजी आन्दोलन हुनुभन्दा दुई दिनअघि भएको एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन उठेन ?’ उनले लेखेकी छन् ।






