सुपरस्टार यशको प्रतिक्षित फिल्म ‘टाक्सिक’लाई लिएर दर्शकमाझ निकै उत्साह देखिएको छ । २६ अगस्ट (बुधबारबाट) सिनेमाघरमा रिलिज हुने फिल्मले एडभान्स बुकिङमा आक्रामक व्यापार गर्दै बक्स अफिसमा तहल्का मच्चाउन सुरु गरेको छ ।
अगस्ट २१ बाट सुरु भएको एडभान्स बुकिङमा फिल्मको टिकट निकै तीव्र गतिमा बिक्री भइरहेका छन् । फिल्मको एडभान्स बुकिङको ट्रेन्ड हेर्दा ‘टाक्सिक’ ले पहिलो दिनमै १०० करोड भारतीय रुपैयाँभन्दा बढीको ओपनिङ लिन सक्ने अनुमान गरिएको छ ।
सुपरस्टार यशको प्रतिक्षित फिल्म ‘टाक्सिक’लाई लिएर दर्शकमाझ निकै उत्साह देखिएको छ । २६ अगस्ट (बुधबारबाट) सिनेमाघरमा रिलिज हुने फिल्मले एडभान्स बुकिङमा आक्रामक व्यापार गर्दै बक्स अफिसमा तहल्का मच्चाउन सुरु गरेको छ ।
अगस्ट २१ बाट सुरु भएको एडभान्स बुकिङमा फिल्मको टिकट निकै तीव्र गतिमा बिक्री भइरहेका छन् । फिल्मको एडभान्स बुकिङको ट्रेन्ड हेर्दा ‘टाक्सिक’ ले पहिलो दिनमै १०० करोड भारतीय रुपैयाँभन्दा बढीको ओपनिङ लिन सक्ने अनुमान गरिएको छ ।यशको यो फिल्म प्यान इन्डिया स्तरमा रिलिज हुँदैछ । केजिएफको अभूतपूर्व सफलतापछि सबैको नजर ‘टाक्सिक’मा अडिएको छ । रिपोर्ट अनुसार, सोमबार साँझ सवा ६ बजेसम्म फिल्मले भारतमा एडभान्स बुकिङबाट मात्रै २६.४ करोड भारु सङ्कलन गरिसकेको छ । देशभरका १५,४२२ शोका लागि ७,१२,३६० टिकट बिक्री भएका छन् । ब्लक सिटसहितको कलेक्सन हेर्ने हो भने यो आँकडा ३४.९३ करोड भारु पुगेको छ ।रिलिजको दुई दिन अगावै ७ लाखभन्दा बढी टिकट बेचेर ‘टाक्सिक’ सबैभन्दा धेरै प्रि–सेल गर्ने फिल्महरूको सूचीमा सामेल भएको छ । यसले ‘कल्कि २८९८ एडी’ र ‘जवान’ जस्ता ठूला फिल्महरूलाई पछि पार्दै सर्वाधिक प्रि–सेल हुने शीर्ष १० फिल्मको सूचीमा आफ्नो स्थान सुरक्षित गरेको छ ।गीतु मोहनदासले निर्देशन गरेको फिल्ममा यशका अलवा कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी र तारा सुतारियालगायतका कलाकारको अभिनय छ ।






