काठमाडौँ। इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकार मोहम्मद मोक्बरले अमेरिकाले इरानमाथि बढाएको आर्थिक दबाबको विरोध गर्दै विगतका असफलताबाट पाठ सिक्न आग्रह गरेका छन्।

अमेरिकी अर्थ मन्त्रालयले इरानविरुद्ध आर्थिक दबाब थप कडा पार्ने घोषणा गरेपछि सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मोक्बरले अमेरिकाको ४७ वर्ष लामो शत्रुतापूर्ण नीति असफल भएको दाबी गरेका थिए ।‘प्रतिबन्ध, युद्ध र इरानलाई विभाजन गर्ने षड्यन्त्र लगायत ४७ वर्षदेखिको अमेरिकी शत्रुतापूर्ण नीतिहरूले आफ्नो उद्देश्य हासिल गर्न असफल मात्र भएका छैनन्, तर अब राष्ट्रिय एकता र स्ट्रेट अफ हर्मुजमा इस्लामिक गणतन्त्रको अवरोधको पनि सामना गर्नु परेको छ,’ इस्लामिक क्रान्तिका नेताका वरिष्ठ सल्लाहकार मोहम्मद मोख्बरले सोमबार साँझ सामाजिक सञ्जालमा एक पोस्टमा लेखेका छन् ।अमेरिकाको पछिल्लो कदमलाई रणनीतिक पराजयको सङ्केत भन्दै मोक्बरले गलत आकलन दोहोर्‍याइरहे त्यसको परिणाम गम्भीर हुने चेतावनी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय