काठमाडौँ | साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ। आज नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा पुगेर बन्द भएको छ।

आजको कारोबारमा अवधिभर दोहोरो अंकले तल रहे पनि अन्तिम समयमा बजार बढ्दा एकल अंकको गिरावट सीमित भएको हो ।दिनभर कुल ३५७ वटा कम्पनीको १ करोड ४४ हजार खरिदबिक्री भए। यसबाट कुल ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।आज बजारमा ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। १२ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो।आज सर्वोत्तम पेन्टस र क्रेष्ट माइक्रो लाइफको सेयर मूल्यमा करिब १५ प्रतिशतको उछाल आएको छ। यस्तै नाडेप लघुवित्त, एभरेष्ट कलर र कालिञ्चोक हाइड्रोपावर पनि सर्वाधिक कमाउनेको सूचीमा रहेका छन्। धवलागिरी लघुवित्तको मूल्य दोहोरो अंकको गिरावट सहित सर्वाधिक गुमाउने कम्पनी बनेको छ ।

समूहगत आधारमा विकास बैंक र निर्जीवन बीमा बाहेक सबै समूहका सूचक घटेका छन् । यद्यपि आज कुनै पनि समूहका एक प्रतिशत भन्दा कम मात्रै उतारचढाव देखिएको छ ।

कारोबार रकमका आधारमा आज माकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ९० करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको १७ करोड ७१ लाख र सोलु हाइड्रोपावरको १३ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय