काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) कोमेट्ससँग खेल्दै छ ।

नेपाल ए र एसीटीबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । सुरुवाती दुई खेलमा पराजित भएको नेपाल ए ले सोमबार होबार्ट हरिकेन्स एकेडेमीलाई हराउँदै पहिलो जित हासिल गरेको थियो ।

एसीटी हालसम्म जितविहीन छ । ३ खेल खेलेको एसीटी कोमेट्स किङ्समेन, भिक्टोरिया सीए ११ र एनटी स्ट्राइकसँग पराजित भएको छ ।

मुख्य पहिलो श्रेणीको ‘सेफिल्ड सिल्ड’ प्रतियोगितामा भाग नलिने भएतापनि एसीटीको टोलीले क्रिकेट अस्ट्रेलियाको दोस्रो श्रेणी र राष्ट्रिय विकासमूलक प्रतियोगिताहरूमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ ।

विशेष गरी ‘टोयोटा नेसनल सेकेन्ड इलेभेन’ प्रतियोगिता र डार्विनमा आयोजना हुने ‘टप एन्ड’ जस्ता प्रतिष्ठित खेलहरूमा यो टोलीले प्रतिस्पर्धा गर्छ ।

कप्तान निक ब्रोएसको नेतृत्वमा रहेको यो टोलीमा विष्फोटक ब्याटिङका लागि चिनिएका ह्यारी थोमस, उत्कृष्ट अलराउन्डर टाइलर भ्यान लुइन र जेक स्मिथ जस्ता खेलाडीहरू छन् ।

नेपालको टोली : अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री, रिजन ढकाल

एसीटी कोमेट्सको टोली : निक ब्रोएस (कप्तान), निक एलेन, काई ब्रन्कर, डेभ दुवे, टम होगन, डिक्सन हन्टर, ज्याक किओग, ज्याक मरोन, जित मेहता, एसाम रहमान, जेक स्मिथ, ह्यारी थोमस, अन्श तिवारी, र टाइलर भ्यान लुइन

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय