काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभामामा प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका ११ जना सांसदहरूले आफ्ना प्रश्न दर्ता गराएका छन्।
प्रतिनिधि सभाको नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था भए पनि ११ जनाले मात्रै सचिवालयमा नाम दर्ता गराएका संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका ७ सांसदले प्रश्न सोध्न नियमावली अनुसार पाउने भए पनि ३ जनाले मात्रै प्रश्न दर्ता गराएका हुन् ।
यी हुन् प्रश्न दर्ता गराएका सांसदहरू:
१ अमरेशकुमार सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी
२ समीक्षा बास्कोटा, राष्ट्रिय स्वतन्त्र पार्टी
३ कृष्णहरि बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टी
४ वासना थापा, प्रमुख सचेतक, नेपाली कांग्रेस
५, गीता गुरूङ, नेपाली कांग्रेस
६ ऐनबहादुर महर, प्रमुख सचेतक, नेकपा एमाले
७ गणेश सिंह ठगुन्ना, नेकपा एमाले
८ वर्षमान पुन, नेपाली कम्युनिस्ट पार्टी
९ प्रमेशकुमार हमालस् सांसद, नेपाली कम्युनिस्ट पार्टी
१० हर्कराज राई, संसदीय दलका नेता, श्रम संस्कृति पार्टी
११, खुश्बु ओली, प्रमुख सचेतक, राष्ट्रिय प्रजातन्त्र पार्टी






