काठमाडौँ । वीर अस्पतालमा रसुवामा आएको बाढीबाट प्रभावितहरूको उपचार निःशुल्क हुने भएको छ । बाढीबाट हुनसक्ने घाइतेको उपचारका लागि आफूहरू तयारी अवस्थामा रहेको वीर अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा.विकास नेपालले गम्भीर प्रकृतिका घाइतेका लागि २७ ओटा बेड खाली गराएको जानकारी दिए । उनले यस्तै इमरजेन्सी ओटी खाली गराइएको छ । नेपालले आकस्मिक सेवा, आईसीयू, भेन्टिलेटर, औषधि व्यवस्थापन तयारी अवस्थामा राखिएको बताए । उनले भने, हामीले पूर्ण तयारी गरेका छौँ । इमरजेन्सी गेट अगाडी २५/३० जना प्रहरीहरू खटिनुभएको छ । ’ नेपालले गम्भीर प्रकृतिका घाइतेलाई ‘रेड’ क्षेत्रमा, हिँडडुल गर्न सक्ने सामान्य अवस्थाका बिरामीलाई ‘ग्रिन’ क्षेत्रमा उपचार गरिनेछ । उनले भने– ‘अस्पतालमा ट्रायाजको व्यवस्था छ । बिरामीको अवस्था हेरेर ग्रिन, यलो र रेड क्षेत्रमा पठाइन्छ । गम्भीर बिरामीका लागि २७ वटा बेड तयारी अवस्थामा राखेका छौँ ।’ उनले भेन्टिलेटरसहित आइसीयूका ११ वटा बेड तयारी अवस्थामा राखिएको बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय