काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु भएका असई रामहरि खड्काको दाहसंस्कार गरिएको छ । शनिबार साँझ पशुपति आर्यघाटमा आईजीपी दानबहादुर कार्की र एआईजी सुशील सिंह राठौरले उनको पार्थिव शरिरमा प्रहरीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरे ।

इलाका प्रहरी कार्यालय टिमुरेको सञ्चार शाखामा कार्यरत खड्का भदौ १० मा भोटेकोशीमा आएको बाढीसँगै सम्पर्कविहीन थिए । उनको शव शनिबार चितवनमा भेटिएको थियो । मृतक खड्का रामेछापको मन्थी नगरपालिका–४ स्थित कबिलासका स्थानीय हुन् ।

यसअघि प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल पनि मृत भेटिएका थिए । उनको शव पनि चितवन स्थित नारायणी नदीको किनारमा भेटिएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय