गोरखा नगरपालिका-३ नारेश्वरस्थित एक घरमा आगलागी भएको छ ।
शनिबार राति करिब १२ बजे स्थानीय सीता अर्यालको ढुंगा माटोले बनेको कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
डीएसपी राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
`आगलागीबाट अन्नपात, लत्ताकपडा र भाडाकुडा सबै नष्ट भएको छ,´ उनले भने, `मानवीय क्षति भने छैन ।´
प्रहरी र स्थानियको समन्वयमा आगो नियन्त्रणमा आएको उनले बताए । आगलागीको कारण भने खुल्न सकेको छैन।







