काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित ३ जिल्लामा १२ वटा  अस्थायी बेस स्थापना गरेको छ । धादिङमा २ , नुवाकोटमा ६ र रसुवामा ४   वटा बेस स्थापना भएका हुन् ।

जस अन्तर्गत धादिङको मलेखु र  गल्छी , नुवाकोटको देबिघाट, कोलोनी ,रातमाटे,तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो ३ए , त्रिशूली हाइड्रो ३ बी , स्याफ्रुबेशी र बोगटिटारमा गरी १२ वटा बेस स्थापना भएको हो ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्थापना भएका बेस मध्ये धादिङको मलेखु र नुवाकोटको तालकेश्वरमा मेडिकल टोली समेत रहेको छ । ती बेसहरूमा १५ देखि ३५ जना सम्मको सङ्ख्यामा उद्धार टोली खटाइएको छ भने बिशेष तालिमप्राप्त उद्धारक समेत रहेका छन् ।

ती बेसमा कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर), मेडिकल फस्ट रेस्पोन्डर (एमएफआर), पढ डग स्वार्ड ,  ड्रोन,  रोप रेस्क्यु डेड बडी म्यानेजमेन्ट,  गोताखोर, स्विफ्ट वाटर रेस्क्यु टिम, मास क्याजुअल्टी भेकल (एमसिभी )सहितका बिशेष टोली परिचालन गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय