मेरिकाले मंगलबार इरानविरुद्ध पुनः आक्रमण सुरु गरेपछि इरानले इराक र जोर्डनस्थित अमेरिकी सैन्य बेसहरूलाई लक्षित गरी आक्रमण गरेको छ।

दक्षिणी इरानको सिरिकमा अमेरिकी क्षेप्यास्त्र आक्रमणको छर्राले विवाह समारोह भइरहेको घरमा लाग्दा एक बालकसहित चार जनाको मृत्यु भएको इरानी रेड क्रसले जनाएको छ। घटनामा ५० भन्दा बढी घाइते भएका छन्।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले स्ट्रेट अफ होर्मुजमा व्यावसायिक जहाजहरूमाथि आक्रमणको प्रयास गरेकाले इरानमाथि प्रहार गरिएको बताएको छ। आईआरजीसीले अमेरिकालाई यस आक्रमणप्रति ‘पछुतो हुने’ चेतावनी दिएको थियो। इरानको अर्ध-सरकारी समाचार संस्था तस्निमका अनुसार सिरिक आक्रमणको बदलामा बुधबार बिहान जोर्डनको अकबास्थित अमेरिकी मरीन बेसमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको छ।

जोर्डनको सशस्त्र बलले १३ वटा ब्यालिस्टिक क्षेप्यास्त्र रोकेको र जसमध्ये १० वटालाई नष्ट गरिएको तथा तीन वटा दुर्गम क्षेत्रमा खसेको जनाएको छ। इरानको यस आक्रमणबाट कुनै मानवीय क्षति नभएको जोर्डनले पुष्टि गरेको छ। जोर्डनको राष्ट्रिय सुरक्षा केन्द्रले अकबा र मफ्राक क्षेत्रका बासिन्दालाई खसिरहेका भग्नावशेषबाट बच्न चेतावनी दिएको थियो।

यसैबिच कुवेती सेनाले बुधबार बिहान इरानी क्षेप्यास्त्र आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानको आक्रमणपछि बहराइनमा पनि धेरै विष्फोटहरू भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले बदला लिएमा अझ ‘कडा र उच्च स्तरको’ आक्रमण गर्ने चेतावनी दिएका छन्। यसअघि अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजको लारार्क द्विपमा रहेका दुईवटा रकेट लन्चरमा आक्रमण गरेपछि तेहरानले जोर्डनका एयर बेस र संयुक्त अरब इमिरेट्स (यूएई) मा ड्रोन प्रहार गरेको थियो।

सेन्टकमका अनुसार अमेरिकी सेनाले आईआरजीसीका लक्ष्यहरूमा प्रहार सुरु गरी बुधबार बिहानसम्म पूरा गरेको छ। इरानी सञ्चारमाध्यमले चाबहार, कोनारक र जिरोफ्टको विमानस्थलमा प्रहार भएको र केसमु द्विप तथा बन्दर अब्बासमा विष्फोटको आवाज सुनिएको जनाएका छन्। सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सले अमेरिकाले कहिल्यै नागरिकहरूलाई लक्षित नगर्ने दाबी गरेका छन्।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक आक्रमण गरेका थिए। त्यसको जवाफमा इरानले इजरायल, अमेरिकी बेस र खाडीका सहयोगी राष्ट्रहरूमा प्रहार गर्दै स्ट्रेट अफ होर्मुज बन्द गराएको थियो। जुन महिनामा दुई देशबिच युद्धविराम लम्ब्याउने समझदारी पत्रमा हस्ताक्षर भए पनि उक्त सम्झौताको अवधि सकिएपछि पुनः भिडन्त सुरु भएको छ।

यसैबिच अगस्ट २४ मा अमेरिकाले तेहरानलाई थप अलग थ्याउन नयाँ प्रतिबन्धको घोषणा गरेको थियो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जी-२० अर्थमन्त्रीहरूको बैठकमा धेरै सहयोगी राष्ट्रहरू प्रतिबन्धका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।

इरानी राष्ट्रपति मासौद पेजेस्कियानले अमेरिका समझदारीमा फर्किए इरानले पनि सोहीअनुसार गर्ने प्रतिक्रिया दिएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय