काठमाडौँ । नेपालका लागि युरोपेली युनियन (इयु) को नयाँ राजदूतमा चाल्र्स ह्वाइटली काठमाडौँ आइपुगेका छन् । हिजो नेपाल आएर कार्यभार सम्हालेका चाल्र्सले सगरमाथाको देश नेपालमा आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न पाउँदा खुसी लागेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपालमा बिताउने आगामी तीन वर्षको कार्यकालमा युरोपेली युनियनलाई नेपालको एक उत्कृष्ट र सुदृढ साझेदारका रूपमा अगाडि बढाउन सक्रिय भएर काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । कूटनीतिक क्षेत्रमा लामो अनुभव सँगालेका चाल्र्स यसअघि बङ्गलादेशका लागि राजदूतका रूपमा कार्यरत थिए ।सन् २०२१ देखि २०२४ सम्म बङ्गलादेशका राजदूतको रुपमा काम गरेका उनी अगस्ट २०२४ देखि युरोपेली बाह्य कार्य सेवाको दक्षिण एशिया महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । उनी बंगलादेशमा लामो समयमा काम गरेका हुन् ।त्यसका साथै उनी इण्डोनेशिया, अमेरिका, हङकङ, मकाउलगायतका देशमा काम गरिसको छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय