काठमाडौँ । भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको १० दिन बितेको छ ।

बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठुलो जनधनको क्षति पुर्‍याएको हो ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० यता बाढीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार २८७ जना पुगेका छन् भने सम्पर्कविहीनको सङ्ख्या ५ हजार ८३ पुगेको छ । सम्पर्कविहीन हुनेहरूको सङ्ख्या दैनिक बढ्दै गएको छ ।प्राधिकरणको तथ्याङ्क अनुसार बाढी गएको दिन भदौ १० गते ३८४ जना बेपत्ता तथा सम्पर्कविहीन रहेकोमा भदौ ११ गते ९७७, भदौ १२ गते एक हजार ९२४,भदौ १३ गते २ हजार ४९८ पुगेको थियो । त्यस्तै भदौ १४ गते २ हजार ५०२, भदौ १५ गते ३ हजार ९२५, भदौ १६ गते ३ हजार ९१६, भदौ १७ गते ४ हजार २१६,भदौ १८ गते ५ हजार ०५३ र भदौ १९ गते ५ हजार ८३ जना पुगेको छ ।

त्यस्तै १३ हजार १३ जनाको उद्धार भएको छ । उद्धार भएका मध्ये ५ हजार ३९७ घाइतेको उपचार भइरहेको छ ।

उद्धार गरिएकाहरूलाई नुवाकोट, धादिङ र रसुवा लगायतका जिल्लाका होल्डिङ सेन्टरमा ४ हजार ५२१ जना राखिएका छन् । प्राधिकरणको प्रारम्भिक आकलन अनुसार बाढीबाट कुल आर्थिक क्षति तथा नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड भएको छ । भौतिक क्षतितर्फ ७ हजार ५७० वटा निजी घर,४८ वटा सरकारी संरचना, १८ वटा विद्यालय, ५५ किलोमिटर सडक, पक्की पुल ३७ र ६८ वटा झोलुङ्गे पुलमा क्षति भएको छ ।

सरकारले बाढीपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन उद्धार तथा राहतका लागि परिचालन गरेको छ ।

सम्पर्कविहीनको संख्या 

  • भदौ १० गते –३८४
  • भदौ ११ गते –९७७
  • भदौ १२ गते –१,९२४
  • भदौ १३ गते –२,४९८
  • भदौ १४ गते – २,५०२
  • भदौ १५ गते– ३,९२५
  • भदौ १६ गते– ३,९१६
  • भदौ १७ गते – ४,२१६
  • भदौ १८ गते –५,०५३
  • भदौ १९ गते–५,०८३
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय