जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले राज्यले जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवलाई नियतवश फसाउन खोजेको आरोप लगाएका छन् ।  ‘९ दलीय अग्रगामी मोर्चा’को मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष राउतले यस्तो आरोप लगाएका हुन्।

यादवलाई मात्र नभई आफूमाथि पनि बेलाबेलामा राज्यले त्यसै गरी फसाउने प्रयास गरेको उनले उल्लेख गरे। विगतमा आफूहरूबाट पनि कहीँ कतै गल्ती भएको स्वीकार गर्दै उनले अब घरभित्रको समस्या एकापसमा सल्लाह गरेर सुल्झाउनुपर्नेमा जोड दिए। अधिकारको लडाइँ लड्न कमान्डरको भूमिका महत्त्वपूर्ण हुने भएकाले अब कमान्डरको मनोबल उकास्न गाउँ(गाउँ पुगेर नेता तथा कार्यकर्ताहरूले यी कुरा बुझाउनुपर्ने उनले बताए।कार्यक्रममा बोल्दै राउतले भने, ‘ईर्ष्याको भावनाको सिकार हुनुपर्दा पनि हाम्रो यस्तो हाल भएको हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ।’राज्यको दोहोरो नीतिको आलोचना गर्दै उनले थपे, ‘हत्या–हिंसामा सहभागी भएकाहरूलाई मुद्दा लाग्दैन, तर यहाँका सोझासाझा जनतालाई सामान्य अपराधमा पनि ठुलै मुद्दा लगाएर फसाउने गरिएको छ। वर्तमान सरकार ठुलो बलिदानीबाट प्राप्त भएका अधिकारहरू खोस्नका लागि लागिपरेको छ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय