काठमाडौं । अमेरिका र इरानबीचको युद्ध सातौँ महिनामा प्रवेश गरिरहेका बेला, अमेरिकी सरकारले इरानी अधिकारीहरूलाई अर्को हप्ता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन भिसा उपलब्ध गराएको छ।

बीबीसीका अनुसार, अमेरिकाले स्वीकृति दिएको इरानी प्रतिनिधिमण्डलमा राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघची पनि छन्। अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले बिहीबार यस निर्णयको पुष्टि गरेका हुन्।

गत फेब्रुअरीमा सुरु भएको इरान-अमेरिका युद्ध अन्त्य हुने कुनै सङ्केत नदेखिइरहेको समयमा अमेरिकाको यो निर्णय बाहिर आएको छ। यस युद्धका कारण विश्वभर तेल र ग्यासको मूल्य अकासिएको छ भने द्वन्द्व अन्य छिमेकी देशहरूसम्म फैलिएको छ।

कडा प्रतिबन्धसहितको अनुमति

भिसा दिइए पनि इरानी प्रतिनिधिमण्डलले अमेरिकामा खुला रूपमा हिँडडुल भने गर्न पाउने छैन। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘आयोजक देशको रूपमा हाम्रो जिम्मेवारीअन्तर्गत, इरानी शासनको मुख्य प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सप्ताहमा भाग लिन सक्नेछ। तर, प्रतिनिधिमण्डलमाथि यात्रासम्बन्धी कडा प्रतिबन्धहरू लागू हुनेछन्।’

प्रवक्ताका अनुसार अमेरिकी नीतिअन्तर्गत इरानी टोलीका सदस्यहरूलाई विलासिता तथा केही अन्य अमेरिकी वस्तुहरूको खरिदमा रोक लगाइनेछ। यसपटक अमेरिका आउने इरानी प्रतिनिधिमण्डल गत वर्षको तुलनामा सानो आकारको रहेको पनि उनले जानकारी दिए।

स्मरण रहोस्, गत वर्ष पनि अमेरिका पुगेका इरानी कूटनीतिज्ञहरूलाई कस्ट्को जस्ता ठूला होलसेल स्टोरहरूबाट किनमेल गर्न प्रतिबन्ध लगाइएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय