वीरगन्ज महानगर पालिकाको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वडासभपतिलाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडासभापति प्रकाश साह पक्राउ परेका हुन ।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्र मल्लले रातोपाटीलाई बताए । उनले वीरगन्ज भन्सारस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा अर्का एकजनालाई हातपात गरेको आरोप छ ।भदौ ३० मा वीरगन्ज भन्सारस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा माछाको गाडी पास गराउने सन्दर्भमा दुई जनाको बिचमा झगडा भएको थियो । सो घटनाका पीडितको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनलाई अहिले वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ ।माछा व्यापारमा सिन्डिकेट खडा गर्ने नियतले एकीकृत जाँच चौकी परिसरमा झडप भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनी विरुद्ध ३० गते आईसीपी परिसरमा भएको झगडामा घाइते भएका मनिष गुप्ताले उनीविरुद्ध जाहेरी दिएका हुन् ।








