काठमाडौँ । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन् । पौडेललाई चेक बाउन्सको मुद्दामा बिहीबार टेलिभिजनको बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको थियो ।
पूर्वकर्मचारीलाई बुझाउनुपर्ने १ लाख ५० हजार रकम बुझाएपछि उनी रिहा भएका हुन् । पौडेललाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।
जनता टेलिभिजनका कर्मचारीले पौडेलविरुद्ध चेक बाउन्सको मुद्दा दायर गरेका थिए ।






