काठमाडौँ । बैंक छाडेको २ वर्षसम्म वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले गभर्नरको नियुक्ति लिन नपाउने भएका छन् । प्रतिनिधिसभाको अर्थ समितिले शुक्रबार यस्तो व्यवस्था गरेको हो । विधेयकको दफा २१ (ग) संशोधन गर्दै यस्तो व्यवस्था गरिएको छ ।
समितिबाट पारित उक्त दफामा गभर्नर बन्ने अयोग्यतामा भनिएको छ, ‘वाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी वा यस्तो पदबाट अवकाश पाएको २ वर्ष व्यतीत नभएको प्रमुख कार्यकारी अधिकृत ।’यसबाहेक कुनै पनि बैंकका ०.५ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएका व्यक्ति समेत गभर्नर, डेपुटी गभर्नर वा सञ्चालक नियुक्तिका लागि अयोग्य हुने व्यवस्था गरिएको छ ।






