काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको रिट सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएन ।  संस्थापनले एकलौटी रूपमा अगाडि बढाएको पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै दायर  रिट दर्ता नभएकाे हाे ।

दिउँसो खाजा समय पछि पेस गरिएका छुट्टाछुट्टै रिट शुक्रबार अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको हो । तर, दर्ता नहुनुको कारण अर्कै छ । निकटस्थ स्रोतका अनुसार शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा.मनोज शर्मा र मुख्य रजिस्टार विमल पौडेल थिएनन् । महत्त्वपूर्ण रिट रहेको र प्रशासनको प्रमुख र प्रधानन्यायाधीश नै नभएकाले दर्ता नगरिएको स्रोतले बतायो ।सर्वोच्च प्रशासनले रिट पेस गर्नेहरूलाई सोमबार आउन भनेको छ ।  देउवा र खड्काले वारेस मार्फत रिट सर्वोच्चमा पुर्‍याएका थिए । देउवाको वारेस कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस अधिवक्ता श्रवणकुमार थिए ।  रिटमा उत्प्रेषणको आदेश माग गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय