तिब्बती क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, गोरखा, धादिङलगायत जिल्लामा ठूलो क्षति पुगेको छ । सबैभन्दा बढी क्षति रसुवाको तटीय क्षेत्रहरूमा देखिएको छ ।

त्यहाँको क्षतिको विवरणबारे कुनै अनुमान गर्न सकिएको छैन । तर स्थिति भयावह रहेको सरकारी अधिकारीहरूले जनाएका छन् । ठूलो क्षति पुगेकोमध्ये उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालका अनुसार नदी किनारहरूमा मानिसका शव स्थानीयले भेला पार्ने काम गरिरहेका छन् ।

पालिका कार्यालय बग्दा आफ्नै कर्मचारीहरू समेत बेपत्ता भएको उनले बताएका छन् । पालिका प्रमुख अर्यालसँग गरेको कुराकानी :

बाढीबारे कतैबाट कुनै पूर्वजानकारी आएको थियो ?

रसुवाको सिमाना (बोर्डर) भन्दा पारि, तिब्बत क्षेत्रबाट बाढी आयो । यसबारे हामीले सामान्य जानकारी मात्रै पायौं, विस्तृत जानकारी प्राप्त गर्न सकेनौं । जसले सूचना दिनुपर्ने थियो, तिनीहरूले पनि बाढीले भेटेपछि मात्र थाहा पाए । हामीलाई यसअघि कुनै सूचना आएको थिएन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय