नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदी किनारमा ५ जनाको शव फेला परेको छ। रसुवामा आएको बाढीमा परेर नारायणी नदीमा बग्दै आएका उनीहरूको शव फेला परेको हो।

नदी किनारका विभिन्न ठोकर (बाँध) हरूमा भेटिएका शवमध्ये चार जना महिला र एक जना बालिकाको रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिएसपी मदन थापाले सत्य सम्वादलाई जानकारी दिए।

शवलाई आवश्यक प्रक्रिया पूरा गरी पृथ्वीचन्द्र अस्पतालमा राखिने थापाले बताए। अहिले नदी किनारमा सुरक्षाकर्मीहरू परिचालन गरेर निगरानी बढाइएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय