काठमाडौँ । चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि नेपाल निर्माण व्यवसायी महासङ्घले आफ्ना सदस्यहरूसँग सवारी साधन माग गरेको छ ।

महासङ्घले एक परिपत्र जारी गर्दै बाढी पीडितको सहयोगार्थ मिनी ट्रक, पिकअप लगायतका सवारी साधन उपलब्ध गराउन सम्पूर्ण सदस्यहरूलाई अपिल गरेको हो।महासङ्घका महासचिव शिवहरि घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा अकल्पनीय मानवीय एवं भौतिक क्षति पुर्‍याएको उल्लेख छ । मुलुक अत्यन्त ठुलो पीडामा रहेको वर्तमान विषम परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु साझा दायित्व भएको महासङ्घले जनाएको छ।बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट लगायतका जिल्लाहरूमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँगको समन्वयमा तत्काल राहत सामग्री पुर्‍याउन र हजारौँ बाढी पीडितलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ लैजान सवारी साधनको आवश्यकता परेको महासङ्घले स्पष्ट पारेको छ।

यस मानवीय कार्यका लागि तत्काल पिकअप, मिनी ट्रक जस्ता सवारी साधनहरू उपलब्ध गराइदिन सदस्यहरूलाई हार्दिक अनुरोध गरिएको छ।

 

786313002_2435649700311079_8058669122292386454_n

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय