गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितीको दोश्रो अधिबेशनबाट चन्दन थापा मगर निर्बाचित !
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (मावोबादी केन्द्र) गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितीको दोश्रो अधिबेशन काठमाडौँको स्काई ब्यांङ्गकेटमा हिजो सम्पन्न भयो। उक्त बैठकबाट समन्वय समितीका नबनिर्बाचित अध्यक्ष चन्दन थापा मगरको नेतृत्वोमा ४२ सदस्यीय समितीको गठन सम्पन्न भयो। समितीको उपाध्यक्षमा सिमाना कुमाल, सुजन लामिछाने,र प्रकाश ढकाल तेस्तै सचिबमा चित्र भुजेल, सहसचिबमा राजन बाबु श्रेष्ठ कोषाध्यक्षमा कपिल भट्ट निर्बाचित भएका छन्।
उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मावोबादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रुपमा अब प्रतक्ष्य कार्यकारी राष्ट्रपतिको कार्ययोजना अघि सार्ने र जनतालाई सम्पर्कले सहजीकरण गर्ने बिषयमा कुरा राख्नुभयो।
नब निर्बाचित अध्यक्ष चन्दन थापा मगरले नेपाल कम्युनिस्ट पार्टी (मावोबादी केन्द्र)को जनलहर ६४ जसरिनै फर्काइ नियमित बैठक बस्ने र पार्टी र समाजलाई आबश्यकता अनुरुप लैजाने र साथसाथै नयाँ जोश र जाँगरका साथ काम गर्ने प्रतिबद्धता गरे।