काठमाडौं । भारत बिहारको सिंहा नदीमा मृत भेटिएका बाराको बिश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय बालक राजेशकुमार साहको हत्या भएको खुलासा भएको छ ।

९ भदौको बिहान ९ बजेतिर हराएको भन्दै परिवारले प्रहरी चौकी मुसहर्वामा निवेदन दिएका थिए । खोजीको क्रममा ती बालकको २ दिनपछि ११ भदौमा भारतको बिहार मोतिहारी जिल्ला नुनियाडी पञ्चायत–१ सिंहदा नदीको किनारमा मृत भेटिएका थिए ।

घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा ती बालकको हत्या गरिएको खुलेको हो । सीसीटीभी फुटेज र भारतीय प्रहरी समेतको समन्वयमा भएको अनुसन्धानको क्रममा ती बालकलाई बिश्रामपुरबाट अपहरण गरी बिहार लगेर हत्या गरिएको खुलेको हो ।

थाहा नपाउन् भन्ने हिसाबले ती बालकको सीमापार गरेर हत्या गरिएको प्रहरीको भनाइ छ ।

हत्या आरोपमा १७ वर्षीय एक किशोरलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता मिन घलेले बताए ।

पक्राउ परेका किशोरविरुद्ध अपहरण र कर्तव्य ज्यानको कसुरमा बारा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय