काठमाडौं । पूर्वमिस नेपाल आश्माकुमारी केसी र पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाहले भोटेकोशी बाढी प्रभावितलाई दोस्रो चरणको राहत सामग्री उपलब्ध गराएका छन् ।

आफन्त र साथीभाइबाट समेत संकलित झन्डै १५ लाख रुपैयाँ बराबरको राहत सामग्री

उनीहरूले प्रदान गरेका सहायता सामग्रीमा ५१ वटा टेन्ट, २०० कार्टुन चाउचाउ, नयाँ लुगा, स्यानिटरी प्याड, टर्च लाइट लगायत छन् । उपलब्ध गराइएका ५१ वटा टेन्टमा ५०० देखि ६०० जनाले अस्थायी आवासको सुविधा लिने पाउनेछन् ।

प्रदान गरिएका ती सामग्रीलाई हामी नेपाल संस्थाले प्रभावित थलोमा बाँड्ने जनाइएको छ । केही दिनअघि अश्मी र नीतिले बाढी प्रभावित बेत्रावतीका एक व्यक्तिलाई ३ लाख रुपैयाँ प्रदान गरेका थिए ।

यी दुई सेलिब्रेटीले सामाजिक संस्था हामी नेपालमार्फत प्रभावितलाई प्रदान गरेका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय