काठमाडौं । हतियार प्रहार गरेर लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको बालाजु बस्ने १९ वर्षीय राजन अर्याल, सोलुखुम्बुका १९ वर्षीय आयुष राई र काठमाडौंकै २२ वर्षीय विशाल लामा छन् । उनीहरुलाई प्रहरी थानकोटको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले मंगलबार राति साढे ९ बजेतिर चन्द्रागिरीको छुकिनटोलस्थित सडकमा उनीहरुले एक व्यक्तिलाई धारिलो हतियार प्रहार गरी मोबाइल र३ हजार लुटपाट गरेका थिए ।

पक्राउ परेकाहरुलाई चोरी तथा डाँका कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय