काठमाडौं । आजभन्दा दुई वर्षअघि भीमसेनथापामा बसोबास गर्ने साजन श्रेष्ठले सुरु गर्नुभएको प्राइम पिक्सको व्यावसायिक यात्रा दुई वर्ष पूरा भएको छ। सानो सुरुवातबाट अघि बढेको प्राइम पिक्सले ग्राहकहरूको माया, विश्वास र साथका कारण छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।
प्राइम पिक्सका अनुसार हालसम्म ३० हजारभन्दा बढी डेलिभरी सम्पन्न भइसकेका छन् भने १० हजारभन्दा बढी ग्राहकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।
कम्पनीले विभिन्न उत्पादनका श्रेणीमा समेत उत्कृष्ट स्थान हासिल गरेको जनाएको छ। जसअनुसार:
- डेन्टल फ्लस तथा स्टिक श्रेणीमा प्रथम
- मिल्क फ्रदर श्रेणीमा प्रथम
- नेबुलाइजर तथा एस्पिरेटर श्रेणीमा दोस्रो
- बेसिक श्रेणीमा चौथो
प्राइम पिक्सले यी उपलब्धिहरू आफ्नो मात्र नभई ग्राहकहरूको निरन्तर माया, विश्वास र साथको परिणाम भएको जनाएको छ।
कृष्ण जन्माष्टमीको अवसरमा ७० प्रतिशतसम्म छुट
दोस्रो वार्षिकोत्सव तथा कृष्ण जन्माष्टमीको अवसर पारेर प्राइम पिक्सले विशेष वार्षिकोत्सव बिक्री अभियान सञ्चालन गरिरहेको छ। अभियानअन्तर्गत विभिन्न उत्पादनमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
ग्राहकहरूले प्राइम पिक्सका उत्पादनहरू सामाजिक सञ्जाल तथा दराजमार्फत खरिद गर्न सक्नेछन्। साथै, ९८४१७६७८१५ मा ह्वाट्सएपमार्फत सम्पर्क गरी अर्डर गर्न सकिने व्यवस्था रहेको छ।
दुई वर्षको यात्रा पूरा गरेको अवसरमा प्राइम पिक्सले आगामी दिनमा अझ गुणस्तरीय उत्पादन तथा सेवा प्रदान गर्दै ग्राहकको विश्वासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
“दुई वर्ष पूरा भयो, यात्रा अझै लामो छ।”
प्राइम पिक्स — आफ्नो रोजाइ, प्राइम पिक्ससँग।







