काठमाडौं : खाना पकाउने ग्यासको आपूर्ति सहज गर्नुपर्ने माग राख्दै नेकपा (बहुमत)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

दुई तिहाईको सरकारले खाना पकाउने ग्यासको आपूर्ति गर्न नसकेको भन्दै नेकपा (बहुमत)ले शनिबार काठमाडौंको माइतिघरदेखि बबरमहलसम्म विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले पछिल्लो समय महङ्गी समेत निकै बढेकाले महङ्गी नियन्त्रण गर्न समेत माग गरेका छन्। उनीहरुले भोको पेटले के भन्छ ? भरी ग्यास दे भन्छ, महङ्गीको मार ग्यासको हाहाकार कहाँ छ सरकार?, दुई तिहाईको सरकार जनतालाई ग्यास खोइ लगाएत लेखिएका प्ले कार्डसहित नारावाजी गरेका छन्।

नेकपा बहुमतका प्रचार–प्रसार प्रमुख गुणराज लुइटेलले डिलरहरूले दिउँसो कृत्रिम अभाव सिर्जना गरी रातिको समयमा महँगो मूल्यमा ग्यास बेच्ने गरेको आरोप लगाए। उनले डिलरहरूलाई प्रशासनिक निकायले संरक्षण गरिरहेको समेत आरोप लगाए।

१–२ दिनभित्र सहज रूपमा ग्यास वितरण नभए कालोबजारी गर्ने डिलरहरूको सूची सार्वजनिक गरी जनता आफैँ गएर ग्यास कब्जा गरी निःशुल्क वितरण गर्ने चेतावनी समेत नेकपा बहुमतले दिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय