महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयमा कार्यरत एक नापी सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नापी सर्भेक्षक शिवकुमार साहलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

जग्गा ट्रायलका लागि निवेदन दिएका सेवाग्राहीसँग लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ भइरहेको सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो ।

मंगलबार अपराह्न करिब ४ बजे नापी कार्यालय अगाडिको एक खाजा घरमा सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा साहलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले बताए ।उनका अनुसार साहलाई नियन्त्रणमा लिएर स्थलगत मुचुल्कालगायतका कानुनी प्रक्रियाको काम भइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय