काठमाडौँ :कालिकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।

जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर ६ भुवारिपाटामा रहेको पानी घट्टमा पिठो पिस्न गएका स्थानीय लालबहादुर साउद र मन्दिर साउदको पहिरोमा पुरिएर मृत्यु भएको हो। सोमबार दिउँसो पिठो पिस्दै गरेको अवस्थामा एक्कासि माथिबाट खसेको पहिरोले घट्टसहित उनीहरूलाई पुरेको थियो।

घटनालगत्तै स्थानीय बासिन्दा र मेहलमुडी प्रहरी चौकीको टोली उद्धारमा खटिएको सान्नीत्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहले जानकारी दिनुभयो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय