काठमाडौँ। महोत्तरी र नवलपरासी पश्चिममा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
महोत्तरीको औरही नगरपालिका-३ बस्ने ४२ वर्षीय मोमेन्द्र मण्डललाई आइतबार राति प्रहरीले नियन्त्रणमा लिएको छ। मोमेन्द्रले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा अस्थायी प्रहरी पोस्ट कठुधारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
यसैगरी नवलपरासी पश्चिमको सुनवल नगरपालिका-७ अस्नैया बस्ने २१ वर्षीय दीपक जिसीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। दीपकले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरी चौकी बैरागनाथबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।






