तानसेन: एभरेष्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेशको पाल्पास्थित तानसेन–७ मा रहेको लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।
उक्त काउण्टरको भाद्र १ गते एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
अस्पताल परिसरमा स्थापना गरिएको यस नयाँ काउण्टरसँगै एभरेष्ट बैंकको एक्सटेन्सन काउण्टरहरूको संख्या ५ पुगेको छ। अस्पतालमा आउने बिरामी, तिनका कुरुवा, चिकित्सक, विद्यार्थी तथा कर्मचारीका साथै पाल्पावासीलाई सहज र अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले काउण्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
नयाँ काउण्टरको स्थापनाबाट स्थानीय बासिन्दा तथा अस्पतालमा आउने सेवाग्राहीले सरल, सहज र सुरक्षित रूपमा अत्याधुनिक बैंकिङ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ।






