नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५ असोजदेखि समानान्तर महाधिवेशनको तयारीमा जुटिरहेका बेला उनको गृहजिल्ला डडेलधुरामा भने आज सबै वडामा अधिवेशन हुने भएको छ।
जिल्ला सभापति भीमबहादुर साउँदले सातवटै पालिकाका ५२ वडामा अधिवेशनको तयारी पूरा भएको बताए।
‘शनिबार कुनै पनि वडामा अधिवेशन भएको छैन, ५२ वटै वडामा आज अधिवेशन हुन्छ,’ साउँदले भने।
उनका अनुसार जिल्ला कार्यसमितिले केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार वडा अधिवेशन गर्न मातहतका समितिलाई निर्देशन दिएको छ। डडेलधुरामा ७ पालिका र ५२ वडा छन्।








