काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय संयोजन समिति बैठक बोलाएका छन् । मङ्गलवार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । बैठकले अधिवेशन र महाधिवेशन कार्यतालिको विषयमा महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।

बैठकमा पार्टीको आन्तरिक सङ्गठनात्मक सवाल, राष्ट्रियताको सवालमा छलफल हुने  ज्वालाले बताए ।  बैठकमा यसबाहेक भोटेकोशी बाढीमा सरकारले गरिरहेको खोजी, उद्धार, राहत वितरण तथा पुनर्स्थापना कामको विषयमा समीक्षा हुने ज्वालाले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय