काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष करातेमा नेपालका मिनबहादुर तामाङ क्वार्टरफाइनल प्रवेश गरेका छन् ।
जापानको तोयोहाशी जिम्नेसियममा भएको कुमिते ६८ केजीमाथिको प्रतिस्पर्धाको राउन्ड अफ १६ को खेलमा हङकङका चाउ का हिमलाई हराउँदै मिनबहादुर क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।
उनले चाउलाई ४–१ ले पराजित गरे ।
अब उनले क्वार्टरफाइनलमा ताजकिस्तानका मोहम्मद मिर्जोजोडासँग खेल्नेछन् ।








