अविरल वर्षाका कारण पहिरो गएपछि  सालझन्डी, सन्धिखर्क  ढोरपाटन सडक खण्ड अवरुद्ध भएको छ । सालझन्डी, सन्धिखर्क  ढोरपाटन सडक खण्ड अन्तर्गत मालारानी गाउँपालिका–५ को भण्डार–छरछरे क्षेत्रमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको मालारानी ५ का वडा अध्यक्ष तिलक मिश्रले बताए ।

लगातारको वर्षासँगै सडकमा पहिरो खसेपछि यातायात आवागमन ठप्प भएको हो। सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारीसाधनलाई समस्या भएको छ।

तत्कालका लागि यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। वर्षा अझै जारी रहेकाले सडक आसपास थप पहिरोको जोखिम हुन सक्ने भन्दै यात्राका क्रममा आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय