काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसनको चिफ अपरेटिङ अफिसर (सीओओ) बनेका छन् ।
मसेलिया क्रिकेट संघले एक महिनाअघि खोलेको सीओओको आवेदनमा विनोद छनोट भएका हुन् । ‘छनोट भएको खबर आएको छ । दुईपक्षीय हस्तान्तरण गर्न बाँकी छ। त्यसको लागि अर्को हप्तातिर जान्छु होला’ विनोदले
विनोद यसअघि नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट अपरेसन म्यानेजरको रुपमा कार्यरत थिए । सो पदबाट अलग्गिएको जानकारी क्यानलाई गराइसकेको विनोदले बताए ।
राष्ट्रिय टिमका पूर्व कप्तान दासले सन् २००० को दशकमा यू-१९ देखि सिनियर टिमसम्मको कप्तानी गरेका थिए । यस्तै उनले प्रशिक्षकको रुपमा यू-१९ पुरुष टिम र महिला सिनियर टिमको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।नेपाली क्रिकेटलाई दुई दशकदेखि नजिकबाट नियालेका दास क्यानको क्रिकेट म्यानेजरकै लागि उपयुक्त पात्र मानिँदै आएको थियो ।
भने ।








