अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०२४ मा पेन्सिलभेनियाको चुनावी सभामा भएको हत्या प्रयासकाे घटनामा घाइते भएका जेम्स कोपेन्हेभरको मृत्यु भएको छ । कोपेन्हेभरको परिवारका वकिलले बिहीबार उनको मृत्यु भएको जानकारी दिएका हुन् ।
७६ वर्षीय कोपेन्हेभरको बुधबार अस्पतालमा मृत्यु भएको हो । उनको मृत्युको कारण भने सार्वजनिक गरिएको छैन । ट्रम्पले पनि कोपेन्हेभरलाई ‘सच्चा अमेरिकी देशभक्त’ भन्दै श्रद्धाञ्जली दिएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत कोपेन्हेभर स्वतन्त्रता, न्याय र साझा मूल्यहरूको पक्षमा एकताबद्ध भएर उभिएको बताएका छन् ।








