पर्वत । कालीगण्डकी नदीको बहाव अचानक बढेर बस्तीमा पसेपछि पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा २५ घर बगेका छन्। नदीको बहाव बढेसँगै बस्तीमा पानी पसेपछि स्थानीयवासीमा त्रास फैलिएको छ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा प्रवेश गरेको थियो। उक्त क्षेत्रमा करिब ८० घर रहेका थिए। तीमध्ये २५ घर नदीको बहावले बगाएको प्रहरीले जनाएको छ भने बाँकी घरहरू समेत उच्च जोखिममा रहेका छन्।

घटनाबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। जोखिममा रहेका सबै स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलसम्म पुग्न सकेको छैन। घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ।

नदीको बहाव निरन्तर बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले घटनास्थलको अवस्था निगरानी गरिरहेका छन्। घटनाको थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय