काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ९१५ रुपैयाँ कायम भएको छ। आइतबार १० ग्राम सुनको मूल्य २ लाख ५० हजार २६० रुपैयाँ थियो।

चाँदीको मूल्य भने बढेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७९८ रुपैयाँ कायम भएको छ। आइतबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७६४ रुपैयाँ थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय