काठमाडौं : गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)वंशीराज दाहाललाई निलम्बन गरेको छ। सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण सूचना चुहावट गरेको भन्दै गृहले निलम्बन गरेको हो।

एआईजी दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीतको कार्य गरेको भन्दै कारबाहीका लागि मन्त्रालयमा सिफारिस गरिएको थियो।

उक्त अभियोगमाथि जाँचबुझ गर्न गृह मन्त्रालयले असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गरेको हो। मन्त्रालयले तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृतसमेत तोकेको छ।

गृह मन्त्रालयले आफ्ना मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ।

कानुनविपरीत हुने गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले विधिको शासन, कानुनको परिपालना तथा सार्वजनिक शान्ति सुरक्षाको संरक्षणप्रति प्रतिबद्ध रहेको जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय