काठमाडौं : स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलेअचानक आम निर्वाचनको घोषणा गरेका छन्। निर्धारित कार्यतालिका अनुसार स्पेनमा आगामी आम निर्वाचन सन् २०२७ को गर्मी याममा हुनुपर्ने थियो, तर अब आगामी २९ नोभेम्बर २०२६ मा निर्वाचन हुने भएको छ।

देशमा अकासिँदो घरभाडा र आवास संकटलाई लिएर जनआक्रोश बढेपछि सरकारले सोमबार यो निर्णय लिएको हो। हालै ८७ वर्षीया एक वृद्धाको घरभाडा ह्वात्तै बढाइएपछि त्यसको विरोधमा देशभर प्रदर्शन सुरु भएको थियो।

ती वृद्धाको मासिक घरभाडा ५०० युरोबाट बढाएर २,६५० युरो पुर्‍याइएको थियो। व्यापक विरोधपछि भाडा घटाएर १,६५० युरो कायम गरिए तापनि त्यो उनको मासिक १,३५० युरो पेन्सनको तुलनामा ३०० युरोले बढी थियो।   यस घटनाले देशव्यापी रूपमा आवास संकटको मुद्दालाई सतहमा ल्याएपछि प्रधानमन्त्री सान्चेजको सरकारले संसद्‌मा आपत्कालीन आवास विधेयक र राहत प्रस्तावहरू पेस गरेको थियो।

तर, संसद्‌मा बहुमत नपुग्दा उक्त प्रस्तावहरू अस्वीकृत भए। संसदीय गतिरोध र जनप्रदर्शन तीव्र बनेपछि प्रधानमन्त्री सान्चेजले नयाँ जनादेशका लागि मध्यावधि चुनावमा जाने निर्णय गरेका हुन्।

सन् २०१८ देखि स्पेनको सत्ता सम्हाल्दै आएका सान्चेजका लागि यो राजनीतिक कदम जोखिमपूर्ण मानिएको छ। हालै गरिएका अधिकांश सर्वेक्षणहरूमा आगामी चुनावमा विपक्षी कन्जर्भेटिभ पार्टीले सबैभन्दा बढी सिट जित्ने अनुमान गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय