काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् । तर उनको विगत पटक पटक यस्ता विवादमा पर्दै आएका छन् ।

एक महिलामाथि हिंसा गरेको, ज्यान मार्नेसम्मको धम्की दिएको, अपशब्द बोलेको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् । सांसद सुनारको बालेको दाबी गर्दै जनआस्था साप्ताहिकको अनलाइन संस्करणले सार्वजनिक गरेको उक्त अडियोले सुनारमाथि नैतिक प्रश्न उठाएको छ ।

सार्वजनिक अडियो र त्यहाँ संवाद गरिएकी महिलासँगको सम्बन्ध तथा हिंसाको विषय पुरानो रहेको देखिन्छ । अडियो सार्वजनिक भएपछि यसबारे बुझ्दै जाँदा सांसद सुनार केही पहिले प्रहरी हिरासत पुगेको समेत भेटिएको छ ।

स्रोतका अनुसार सार्वजनिक अडियोमा बोलेकी महिला विवादमा तानिएका सुनारलाई भेट्न त्यतिबेला प्रहरी वृत्त स्वम्भूको हिरासत पुगेकी थिइन् ।

२०७८ ताका ती महिला सीतापाइला क्षेत्रमा बस्थिन् । त्यतिबेला ती महिला र सुनारबीच लेनदेन सम्बन्धी विवाद भएको बुझिएको छ । त्यतिबेला सुनारले ती महिलालाई कुटपिट गरेको आरोप लागेको थियो ।

राजनैतिक नेतृ रहेकी ती महिलामाथि कुटपिट भएपछि पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)ले प्रहरी प्रधान कार्यायलयको भीआईपी सुरक्षा हेर्ने सुरक्षा सेवा निर्देशनालायमा जानकारी गराएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय