काठमाडौँ । बडादसैँ सुरु भएसँगै काठमाडौँका विभिन्न स्थानमा खसी बोकाको खरिद बिक्री बढेको छ । काठमाडौँको कलंकीस्थित खसीबजार, भक्तपुरको सल्लाघारी लगायतका स्थानमा खसी बोकाको खरिद बिक्री बढेको हो । उपत्यकामा नजिकका जिल्लाका साथै बझाङ लगायतका स्थानबाट पनि खसी बोका च्याङ्ग्रा भित्र्याइएको छ ।

उपत्यकामा यस वर्ष जिउँदो खसी बोकाको मूल्यमा वृद्धि भएको छ भने च्याङ्ग्राका मूल्यमा भने खासै फरक देखिएको छैन । जिउँदो खसी बोकाको प्रतिकिलो ९ सय देखि ९५० सम्ममा बिक्री वितरण गरिएको व्यापारीहरूले जनाएका छन् । च्याङ्ग्रा प्रतिकिलो १२ सय देखि १३ सय ५० रुपैयाँसम्ममा खरिद–बिक्री भइरहेको छ ।

विगतका वर्षहरूमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने यस वर्ष बजेट अभाव भएकाले दसैँमा खसी–च्याङ्ग्रा बिक्री नगर्ने जनाइसकेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय