काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम गठित सिफारिस समितिको मिति २०८३ असोज २२ गतेको निर्णयअनुसार खुला प्रतिस्पर्धाबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उत्कृष्ट तीन उम्मेदवारको नाम सिफारिस गरिएको हो ।

मन्त्रालयले असोज २८ गते प्रकाशित गरेको सूचनाअनुसार वर्णानुक्रमका आधारमा सिफारिसमा पर्नेहरूमा तनहुँको भिमाद नगरपालिका–१ का डिल्लीराज लम्साल, सिरहाको विष्णुपुर गाउँपालिका–१ की संगिता यादव र काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१० का होमनाथ न्यौपाने रहेका छन् ।

अब मन्त्रिपरिषद्को बैठकले सिफारिसमा परेका यी तीन जनामध्येबाट एक जनालाई कम्पनीको आगामी प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गर्नेछ ।

kk
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय