नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणको २७ औं खेलमा कर्णाली याक्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट स्टेडियममा लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सका कप्तान डेविड मिलरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

टस हारेर चितवनले बलिङ गर्ने निम्तो पाएको छ। चितवन र कर्णाली दुवैको यो लिग चरणको अन्तिम खेल हो। चितवन राइनोज एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। कर्णाली याक्स भने प्लेअफ समीकरणबाट बाहिरिइसकेको छ।

चितवन राइनोजसँग ६ खेलबाट ३ जित, २ हार र १ खेलमा अंक बााड्दा ७ अंक रहेको छ। चितवनले एलिमिनेटर खेल्नेछ। चितवनले कुन टिमसँग एलिमिनेटर खेल्ने भन्ने टुंगो लागिसकेको छैन।

समान ६ खेल खेलेको कर्णालीसँग ४ अंक मात्र हुँदा प्लेअफ समीकरणबाट बाहिरिएको हो। आज लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सले खेल्दैछन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय