काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ ।

लगनखेलको थती टोलबाट रथ तान्न साइत हेर्नु पर्ने भएकोले बिहीबार मंगलबजारको सोह्रखुट्टेपाटीमा बसेर ज्योतिषहरुले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ किर्तिकिरण जोशीले बताए । रथलाई जावलाखेल पु¥याएको चार दिनपछि अर्थात जेठ १८ गते भोटो देखाउने जात्रा हुने उनले जानकारी दिए ।

बर्षा र सहकालको देवताका रुपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्रापछि बाजागाजाका साथ बुङ्गमति लगिएपछि यस बर्षको जात्रा सम्पन्न भएको मानिन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय