काठमाडौं, जुन ११ – चर्चित पत्रकार तथा टफ टक प्रस्तोता दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ! पाठकले आफ्नो युट्युब च्यानल “Tough Talk” मा प्रसारण गरेको ‘Tough Explainer’ एपिसोडले सत्ता र शक्तिमा हलचल ल्याएको छ।

पाठकले आफ्ना सामग्रीमा दाबी गरेका छन् कि शेरबहादुर देउवाका छोरा जयवीर देउवाले राजधानीको नक्सालस्थित हिल्टन होटल खरीद गरेका छन्—त्यो पनि होटल शंकर ग्रुप, व्यापारी दीपक भट्ट र प्रबन्ध निर्देशक शाहिल अग्रवालको साझेदारीमा!

यो यति मात्र होइन—पाठकले अर्को ठुलो आरोप लगाएका छन् कि जयवीर देउवाले आफ्ना बुवा प्रधानमन्त्री हुँदा डायपर र सेनिटरी प्याडमा कर छुट दिलाउन करको दरमा मिलेमतो गरेको छ।

अब त झन् झनै सनसनी फैलिएपछि—प्रहरी प्रधान कार्यालयका उच्च स्रोतले पुष्टि गरेका छन्:
“कपोलकल्पित सामग्री प्रसारण गरेको भन्दै उजुरी परेकाले पक्राउ पुर्जी जारी गरिएको हो।”

१७ तले सो होटलको नक्सा पास विवाद र देउवा परिवारको संलग्नता सार्वजनिक भएपछि, देशभर बहस चर्किएको छ।
यो मुद्दा अब मिडिया स्वतन्त्रता बनाम सत्ताको दुरुपयोग को बहसमा परिणत हुँदैछ।

👉 के यो अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला हो?
👉 कि पत्रकारिताको नाममा तथ्यहीन आरोप?

देशभर नजर गडिएको छ—अब के हुन्छ पाठकको अगाडि?

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय