काठमाडौं । नेपाल र भारतबीच सीमाका संवेदनशील स्थानमा आधुनिक प्रविधि प्रयोग गरेर सुरक्षा निगरानी बढाउने सहमति भएको छ । नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको शुक्रबार भारतको देहरादुनमा सम्पन्न बैठकमा यस्तो सहमति भएको हो ।

कार्यदलको १४औं बैठकको निर्णयबारे गृह मन्त्रालयले भनेको छ, ‘सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा आधुनिक तथा नवीनतम प्रविधि (सीसीटीभीलगायत आधुनिक उपकरण) प्रयोगबाट सुरक्षा निगरानी बढाउन दुबै पक्षबीच सहमति भयो ।’

बिहीबार सुरु भएको कार्यदलको बैठकमा दशगजा क्षेत्रको अतिक्रमण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोगलगायतका विषयमा पनि छलफल भएको थियो ।

‘बैठकमा दशगजा क्षेत्रको अतिक्रमण र अनाधिकृत प्रयोगमा नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग एवं पारस्पारिक कानुनी सहायता महत्त्वपूर्ण सीमा व्यवस्थापनका विषयमा घनिभूत छलफल भयो,’ गृह मन्त्रालयले भनेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय